अनमोलको जन्मदिनमा भुवनले लेखे भावुक स्टाटस

चैत १६ गते युवा स्टार अनमोल केसीको २४ औं जन्मदिन हो । जन्मदिनमा अनमोललाई आफन्ता एंव शुभचिन्तकले वर्थ डे विस गरिरहेका छन् । पिता भुवन केसीले पनि स्टार पुत्रलाई जन्मदिनको शुभेच्छा व्यक्त गरेका छन् ।

फेसबुकमा बाउ छोराको तस्बिर राख्दै भुवनले भावुक स्टाटस लेखेर अनमोललाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । भुवन लेख्छन्, ‘थाहा छैन, म तिम्रा लागि असल पिता बन्न सकें कि सकिन् तर तिमीले आफूलाई यो संसारको सबैभन्दा असल छोरा प्रमाणित गरेका छौ । जन्मदिनको धेरै धेरै शुभकामना अनमोल !’

यस प्रकारको भुवनको स्टाटसमा झण्डै तीन हजार लाइक र सय बढी कमेन्टस् आएका छन् । अनमोललाई अनमोललाई लिएर भुवन ‘क्याप्टेन’ बनाउँदै छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha