सिक्किमबाट फर्कंदा नीता र वेनिशाको यस्तो हाल !

नायिका नीता ढुंगाना र वेनिशा हमाल कार्यक्रमको सिलसिलामा सिक्किम पुगेका थिए । कार्यक्रममा गएका उनीहरु सामाजिक सञ्जाल फेसबुकमा पनि निकै सक्रिय छन् । फेसबुक अनुसार उनीहरुको बोन्डिङ राम्रो देखिन्छ ।

नीता र वेनिशाको फेसबुकमा नयाँ तस्बिर पोस्ट भएको छ । तस्बिरमा नीता र वेनिशा लगेज बोक्दै खाली सडकमा हिंडिरहेका छन् । बन्दको बाबजुद पनि आफ्नो देश फर्किएको उल्लेख गर्दै नीताले उक्त तस्बिर फेसबुकमा पोस्ट गरेकी छिन् । गोर्खा ल्यान्ड माग गर्दै दार्जेलिङमा चर्किएको आन्दोलको बन्दको मारमा नीता र वेनिशा पर्न आएका हुन् । सेलिव्रेटी र सामाजिक सञ्जाल हिजोआज परिपुरक जस्तै भएका छन् । सायद नीताले पनि यही परिपुरक अवास्थालाई पुरा गरेको हुनुपर्दछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha