‘लिलिबिली’ प्रचार राजधानीमा यसरी हुँदैछ

यही चैत ३० गतेदेखि प्रदर्शनमा आउने प्रतिक्षित फिल्म ‘लिलिबिली’ ले राजधानीमा प्रचार प्रसार सुरु गरेको छ । बिहिबार नयाँ बसपार्कस्थित बिजी मलबाट उपत्यका प्रचारको सुरुवात गरियो ।

राजधानीको प्रचारमा नायक प्रदीप खड्का र जसिता गुरुङ मुख्य आकर्षकको रुपमा छन् । यस्तै निर्देशक मिलन चाम्स, निर्माताद्वय सुदिप खड्का र गोविन्द शाही पनि साथमा छन् । प्रचारमा प्रदीप र जसितासँग फ्यान सेल्फी लिन झुमिएका थिए । ‘लिलिबिली’ रिलिज भन्दा अगाडी काठमाडौँ, भक्तपूर र ललितपुरमा कन्र्सट हुनेछ । फिल्ममा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha