अशिष्माले ईन्स्टामा सेयर गरिन् हनिमुन तस्बिर

गत फागुन २९ गते बिहे गरेकी नायिका अशिष्मा नकर्मीले बल्ल फुर्सद पाएकी छन् । बिहे गरेको झण्डै तीन सातापछि अशिष्मा पती नविन प्रधानसँग हनिमुन गएकी छन्, पोखरामा । हनिमुनको तस्बिर अशिष्माले आफ्नो ईन्टाग्राममा सेयर गरेकी छन् ।

अशिष्माले छोटा समयमा बिहे गर्ने निधो गरेकी थिइन् । बिहे भोजमा उनले नेपाली फिल्मकर्मी थुप्रैलाई निम्ता दिएकी थिइन् । दर्जनौं नेपाल भाषाको फिल्ममा अभिनय गरेकी उनले फिल्म अन्तराल फिल्मबाट फिचर फिल्ममा नायिकाको रुपमा डेव्यु गरेकी हुन् । बिहेको भिडियो हेर्नुस् :

उनी दर्शकमाझ फिगर कोकाकोला गर्लको नामले चिनिन्छिन् । अशिष्माले नाचेको फिल्म ‘अधकट्टी’को यो गीत निकै हिट थियो । बिहेपछि फिल्ममा सक्रिय नहुने अशिष्माले मनस्थिति बनाएको बुझिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha