‘छक्का पञ्जा ३’ की हिरोइन कुन ?, दोधारमा दिपक-दिपा

‘छक्का पञ्जा ३’ को छायाँकन बैशाख १७ गतेदेखि सुरु गरिने भएको छ । आउँदो दशैंको, फूलपातीलाई रिलिज मिति तय गरिएको फिल्मको स्क्रिप्ट लक भैसकेको छ । फिल्मका मुख्य मुख्य कलाकार पनि तय भैसकेका छन् । तर हिरोइन भने छानिएको छैन ।

सुपरहिट ‘छक्का पञ्जा’ को तेश्रो श्रृंखलामा हिरोइन छान्न दिपक र दिपा दोधारमा परेका देखिन्छ । आफु सहित केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङगको नाम दिएका दिपकले हिरोइनको ठाउँ भने खाली राखे । किन त ? ‘हामी फाइनल गर्दैछौं’, दिपकको भनाई छ ।  ‘छक्का पञ्जा ३’ मा टिमकै हिरोइन दोहोरिन्छन् या नयाँ ? ‘यसै भन्न सकिन्न । जोपनि हुन सक्छ’, दिपाश्री थप्छिन्, ‘हिरोइनको पावरफूल रोल छ । यसकारण पनि हामीले हतार नगरेका हौं ।’

तर बुझिए अनुसार दिपक र दिपा ‘छक्का पञ्जा ३’ मा चल्तीकी, नयाँ हिरोइन या सौन्दर्य प्रतियोगिताको विनरलाई राख्ने सोचमा छन् । यही यी सबै नभए ‘छक्का पञ्जा’ सिरिजमा नायिका प्रियंका कार्की नै तेहेरिने श्रोत बताउँछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha