‘शत्रुगते’ निर्देशक को ‘जात्रै जात्रा’, विपिन र बर्षा पक्का

तेश्रो सातामा शानदार रुपमा चलिरहेको फिल्म ‘शत्रुगते’ का निर्देशक प्रदीप भट्टराईले नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । डेव्यु फिल्म जात्रा को सिक्वेलको रुपमा निर्देशक भट्टराईले ‘जात्रै जात्रा’ निर्देशनको घोषणा गरेका हुन् ।

‘जात्रै जात्रा’ मा जात्रा का मुख्य कलाकारहरु विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बाँनिया र बर्षा राउत दोहोरिनेछन् । केही नयाँ कलाकार पनि थपिने स्क्रिप्ट राईटर समेत रहेका भट्टराईले बताए । रविन्द्रसिंह बानियाँको कार्यकारी निर्माण रहने फिल्ममा सिङ्गे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् ।

हाल स्क्रिस्टिङ भैरहेको फिल्मको असारको अन्त्यदेखि छायाँकन सुरु हुनेछ । ‘जात्रै जात्रा’को रिलिज भने फागुन १७ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha