स्व. आमाको सम्झनामा यामनले लेखे मन छुने कविता

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठकोे गत सोमबार राती पत्नी यशोदाका निधन भएको थियो । क्यान्सरका कारण ६७ वर्षिय दिवंगत पत्नीको वियोगमा मदनकृष्ण निकै भावविहल भएका थिए । छोरा यामन श्रेष्ठ भावुक भए । आमा दिवंगत भएको ९ दिन पुग्दा छोरा यामनले मनछुने कविता लेखेका छन् । आमाको सम्झनामा लेखिएको कविताका हरफहरु पढ्दा मन छुन्छ, आँखा रसमाउँछ । कविता :

आमा तिम्रो सम्झनामा

एकै अक्षर लेख्दा पनि तिम्रो बारेमा
बन्छ मिठो कबिता , बन्छ मिठो गीत ।
एकै पल बस्दा पनि तिम्रो साथमा
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।।

कत्रो ठुलो मन तिम्रो, मेरै मात्र सोच्ने
मेरो स्यानै चोटमा पनि तिम्रो हृदय घोच्ने
बिहान दिउसो बेलुका दिन रात उठ्दै बस्दै
भगवान पनि सोच्दै होलान् , को हुन् यी म जस्तै ।।

एकै झल्को कल्पे पनि तिम्रो बारेमा
हार आफु लिन्छौ, दिन्छौ मलाई जीत
एकै पल बस्दा पनि तिम्रो साथमा
लाग्छ भगवान संगै छन्, दिदैछन् आशिष ।।

अर्को जुनी तिमी मेरै, आमा भईदिनु है
त्यो बेला अहिले जस्तो, छोडी नगईदिनु है
यो मनको मन्दिरमा तिम्रो, फोटो सजाउछु
तिम्रै भजन गाउछु तिम्रै, धून बजाउछु ।।

एक पल्ट फेरी ढल्कन पाए, तिम्रो काखमा
सुन्थें तिम्रो लोरी अनि, आउथ्यो मिठो निंद
एकै पल बस्दा पनि, तिम्रो साथमा
लाग्छ भगवान संगै छन् दिदैछन् आशिष ।।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha