झस्किए अनमोल, ‘भिखारी’ हेडलाइनप्रति ध्यानाकर्षण

युवा स्टार अनमोल केसी लाई लिएर मिडियामा विभिन्न किसिमका समाचार आउँछन्, ट्रोल बन्छन् । आफुसँग जोडिएका जे जति खबर आएपनि अनमोल मौन बस्छन् । अफिसियल ईभेन्टमा मात्रै अनमोल आफुसँग जोडिएका खबर बारे जवाफ दिन्छन् ।

तर बुधबार मध्यान्ह् केही अनलाईन मिडियामा आफुसँग जोडेर समाचारमा आएको हेडलाइनबाट भने ‘कृ’ नायक झस्किएका छन् । अनमोलले केही अनलाइन मिडियामा आएको समाचार र हेडलाइन प्रति विश्वास नगर्न आग्रह गरेका छन् । सम्भवतः पहिलो पटक अनमोलले आफ्नो फेसबुकमा शुभचिन्तकलाई सम्बोधन गर्दै स्टाटस लेखेका हुन् । अनमोलले यस्तो लेखेका छन् :

गाउँले भनेका भिखारी हुन् भन्ने समाचारप्रति अनमालको किन भयो त ध्यानाकर्षण ? किन शुभचिन्तक समक्ष उनले त्यस प्रकारको समाचारप्रति विश्वास नगर्न उनले आग्रह गरे ? यो स्वयम अनमोलले सोच्ने विषय हो । तर अनमोलको यो स्टाटसलाई ड्रिम्स जोडी साम्राज्ञीराज्य लक्ष्मी शाहको प्रसंग सँग जोडेर हेर्न सकिन्छ ।

केही महिना अगाडी साम्राज्ञीले गाउँले रोल गर्दिंन भन्ने समाचार भाइरल हुँदा उनले दर्शकबाट गालीको सामाना गर्नु परेको थियो । गाउँले रोल गर्दिंन भनेको छैन भनेर साम्राज्ञीले माफी नै माग्नु परेको थियो । यसकारण अनमोलले शुभचिन्तकलाई सर्तक गराएको हुनुपर्दछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha