‘व्यावसायिकताका लागि मात्रै फिल्म खेल्दिन’ : खगेन्द्र

‘डमरुको डन्डीबियो’ बैशाख २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्म प्रचारको लागि निर्माण युनिट मोफसल यात्रामा छ । बुधबार टिमले पोखराका सञ्चारकमर्मीसँग अन्र्तक्रिया गर्यो । त्यहाँ अभिनेता तथा स्क्रिप्ट राईटर लेखक खगेन्द्र लामिछानेले आफुले लेख्ने र खेल्ने फिल्म व्यबसायिकताका लागी मात्रै नभएको बताए ।

चलचित्र पत्रकार संघ कास्कीले आज पोखरामा आयोजना गरेको फिल्म ‘डमरुको डण्डिबियो’को पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानले भने ‘मैले लेख्ने र खेल्ने फिल्म व्यबसायिकताको लागी मात्रै हुदैन मलाई यो बिषय गहन हो भन्ने लाग्यो भने कथा लेख्छु चल्ने नचल्ने फरक पाटो हो ।’ डमरुको डण्डिबियोका बारेमा बोल्दै उनले गतबर्ष राष्ट्रिय खेलबाट हटाइएको डण्डीबियो खेललाई प्रमुख बिषय बस्तु बनाएको भएता पनि फिल्ममा पारिवारिक कथा संगै मायाप्रेम समेत देखाइएको बताए । कलाकार बुद्धि तामाङले फिल्मले पछिल्लो समय युवा पुस्ताले बिर्सेको डण्डिबियो खेललाई स्मरण गराउने संगै खेलको महत्व झल्काउने बताए । प्रोमो हेर्नुस् :

पर्यटन व्यवसायी समेत रहेका निर्माता बिनोद गुरुङले बन्दै आएका अन्य नेपाली फिल्म भन्दा विल्कुल फरक स्वादमा फिल्म बनेको बताए । फिल्ममा खगेन्द्र लामिछाने,वुद्धि तामाङका अलवा मेनुका प्रधान,अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतको अभिनय रहेको छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नोर्वु छिरिङ घले र विनोद गुरुङको लगानी छ । छेतेन गुरुङले निर्देशन गरेका हुन् । पोखराबाट औपचारिक रुपमा प्रोमेशन यात्रा सुरु गरेको फिल्म टिम बुटवल, नारायणघाट, हेटौंडा दमक हुदै बिर्तामोड सम्म पुग्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha