फिल्मको प्रचार गर्न प्रदीपबाट सिक्ने कि ?

नायक प्रदीप खड्का युवा स्टार हुन् । स्टार सँगै उनी एक कुशल बजार प्रवद्र्धक पनि हुन् । प्रवद्र्धक यस अर्थमा कि फिल्मको प्रचार कसरी व्यापाक बनाउने भन्ने ज्ञान प्रदीपलाई राम्रोसँग थाहा छ । यो ज्ञान उनले यही सातादेखि लाग्ने ‘लिलिबिली’ को प्रचारमा प्रयोग गरिरहेका छन् ।

‘लिलिबिली’ को प्रचारमा प्रदीपले कुनै कमी हुन दिएका छैनन् । सिटी टुर, मिडिया अन्र्तक्रियादेखि हाँस्यव्यांग्य टेलिफिल्मसम्म प्रदिपले ‘लिलिबिली’को प्रचार गर्न छोडेका छैनन् । यसको प्रभाव ‘लिलिबिली’ व्यापारमा देखिएला या नदेखिएला ? त्यो शुक्रबारको शोले देखाउँनेछ । यति चाहिं पक्का हो कि प्रदीपको सक्रिया प्रचारले ‘लिलिबिली’ को हाइप चाहिं बनेको छ । प्रदीप र जसितासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रदीपकै समकालिन कतिपय नायक प्रचार प्रसारबाट सक्रिय नभएको धेरै मेकर्सको गुनासो हुने गर्दछ । अनमोल केसी नै ‘कृ’ को प्रचारमा रिजर्भ भैदिए । युवा स्टारको गन्तीमा आउने अन्य नायकले प्रदीपको जति प्रचारमा सक्रियता देखिएको छैन । यसकारण आफ्नो फिल्मको प्रचार गर्न प्रदीपबाट सिक्ने कि ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha