‘अमेरिका बोइज’ को शिर्ष गीत रिलिज

फिल्म अमेरिका बोइजको टाईटल गीत ‘आयो शहरबाट ‘अमेरिका बोइज’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर दिपक राजको रहेको छ भने गीतलाई रिकेश गुरुङ्गले एरेन्ज गरेका हुन् । भिडियो हेर्नुस् :

निर्माण टिमले गीत रिलिज भएसँगै कभर सङ प्रतियोगिताको घोषणा गरेको छ । कभर संग बिजेताले पचास हजार नगद सहित आकर्षक पुरस्कार जित्नेछन् । प्रवेश पौडेल निर्देशित यस फिल्माम अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ ।

‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ । समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज के.सी पनि सह निर्माताको रुपमा रहेका छन् ।

विवेक पण्डेको कथा, पटकथा र संबाद रहेको फिल्ममा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्धन्द रहेको छ । आलोक शुक्लाले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha