प्रदीपलाई पूजाको शुभकामना, के लेखिन् त स्टाटस ?

प्रदीप खड्का स्टारर फिल्म लिलिबिली लाई नायिका पूजा शर्माले सफलताको शुभकामना दिएकी छन् । आजदेखि प्रदर्शनमा आएको प्रदीपको फिल्मलाई फेसबुकमा फोटो राखी स्टाटस लेखेर पूजाले वेस्ट विसेश दिएकी हुन् ।

‘प्रेम गीत’का प्रेम अर्थात् प्रदीप र ‘रामकहानी’का राम अर्थात नायक आकाश श्रेष्ठको बिचमा आफु बसेको फोटो राख्दै पूजाले ‘लिलिबिली’ सफलताको स्टाटस लेखेकी छन् । ‘जसरी प्रेम र गीतको मिलन विछोड कहानी रुचाई त्यही कहानीलाई दर्शकले धेरै माया गरिदिनु भो’, पूजा थप्छिन्, ‘त्यसरी नै लिलिबिली ले पनि सबैको माया पाउँछ । सफलताको अग्रिम शुभकामना प्रदीप तिमीलाई !’ ‘लिलिबिली’ निर्देशक मिलन चाम्सलाई पनि पूजाले डियर भन्दै सफलताको शुभकामना दिएकी छन् ।

फिल्म हिट भएतापनि प्रेम गीत जोडी पूजा र प्रदीप बिच आपसी असझदारीका कारण लामो समयसम्म बोलचाल भएको थिएन । केही साता अगाडी मात्रै उनीहरु एक आकस्मीक भेटघाटमा बोलेका थिए । पुर्नमिलन सँगै फ्यानले भने प्रदीप र पूजाको जोडी फेरी पर्दामा हेर्न चाहेका छन् । के यो सम्भव होला ? लिलिबिली लाई दर्शकले दिएको प्रतिक्रिया हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha