१६ वटा फिल्मलाई बर्षको ‘ब्लक वस्टर अवार्ड’

बिहिबार बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा ‘ब्लक बस्टर अवार्ड’ विरतण गरिएको छ । २०७४ सालमा प्रदर्शन भएका १६ वटा फिल्महरुलाई विभिन्न विधामा पुरस्कार दिइएको हो । यो सँगै तीन जना पत्रकारलाई सम्मान पनि गरियो ।

यस वर्ष प्रदर्शनमा आएका ९३ फिल्ममध्ये व्यावसायिक रुपमा सफलता हासिल गर्ने उत्कृष्ट निर्माता तथा निर्माण कम्पनीलाई सम्मान गरियो । फिल्म ‘घामपानी’बाट निर्माता रामबाबु गुरुङ, निर्देशक दीपेन्द्र लामा सम्मानित भए भने फिल्म राधेबाट निर्माता सुशिल पोखरेल सम्मानित भए । त्यसैगरी निर्माता निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पुजा शर्मा म यस्तो गीत गाउँछुबाट सम्मानित भए ।

फिल्म ‘प्रेम गीत २’ बाट निर्माता सन्तोष सेनलाई सम्मान गरियो। निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापालाई ए मेरो हजुर–२ बाट सम्मान गरियो भने फिल्म २ रुपैयाँबाट निर्देशक निश्चल बस्नेत, निर्माता आशिप शाह सम्मान दिइयो । यस वर्षको ब्ल्कबस्टर फिल्म ‘छक्का पञ्जा २’ बाट निर्माता सुमन गिरी भाञ्जाले सम्मान लिए । यस्तै फिल्म फाटेको जुत्ता, ऐश्वर्यबाट निर्माता रमेश उप्रेती र निर्मल शर्मालाई सम्मान गरियो । फिल्म ‘झ्यानकुटी’ र ‘मिस्टर झोले’ लाई सम्मान दिइयो ।

निर्माता श्रीराम बराल, मौनता श्रेष्ठ, निर्देशक हिमाल केसी– पिँजडा व्याक अगेनबाट सम्मानित भए । कृ बाट निर्माता सुवास गिरी र भुवन केसीलाई सम्मान गरिएको हो ।  ‘कान्छी’ सँगै ‘मंगलम’ बाट निर्माता छवि ओझा सम्मानित भए । चौथो सातामा सफलताका साथ प्रदर्शन भैरहेको फिल्म शत्रुगते का लागि निर्माता किरण केसीले सम्मान ग्रहण गरे । वर्षको ब्लकबस्टर फिल्ममा फिल्म ‘छक्का पञ्जा २’ ले पर्यो । इनिसियल कारोवारको अवार्ड फिल्म कृलाई प्रदान गरियो ।

सुपरहिट पाँच फिल्ममा ‘ए मेरो हजुर २’, ‘२ रुपैयाँ’, ‘म यस्तो गीत गाउँछु’, ‘प्रेम गीत २’ र ‘शत्रुगते’ परे । यसैगरी सुपर मार्केट विनिङ अवार्डबाट ‘कान्छी’ र ‘ऐश्वर्य’लाई अवार्ड प्रदान गरिएको हो भने वर्षका लक्की फिल्म अवार्ड ‘घामपानी’, ‘झ्याँइनाकुटी’, ‘फाटेको जुत्ता’, ‘मिस्टर झोले’, ‘राधे’, ‘पिंजडा ब्याक अगेन’ले हात पारे । त्यसैगरी अर्को पब्लिक च्वाइस अवार्डमा ‘मंगलम’ चुनियो ।

कार्यक्रममा ‘अग्रज सुवेदी पत्रकारिता पुरस्कार’ बाट तीन जना पत्रकारलाई पुरस्कार राशि– ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको छ । गोरखापत्र दैनिकका दीपक श्रेष्ठ ‘विहीन’, रातोपाटीका कुवेर गिरी र रमाइलो छ डटकमका उत्सव रसाइलीलाई पुरस्कार राशि सहित सम्मान गरिएको हो ।

त्यसैगरी हालै (द टेलिग्राफ)को मूल्यांकन अनुसार वल्र्ड मोस्ट व्युटिफूल करेन्सीजमा परेका नेपालको चलन चल्तीमा रहेका सिक्का तथा कागजी नोट डिलाइनर सुन्दर श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha