रेखाले भेटिन् बालिका, नाम फेरिएर बन्यो ‘मालिका’

रेखा फिल्मसको ब्यानरमा बन्ने चौथो फिल्म ‘लाल मस्तिष्क’ को नाम फेरिएको छ । ‘लाल मस्तिष्क’ बाट रेखाले फिल्मलाई मालिका बनाएकी छन् । नाम परिर्वतन भएसँगै फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने बालिका पनि फेला परेकी छन् ।

कर्णाली प्रदेशको जाजरकोटकी चौध वर्षिय कमला वलीले ‘मालिका’मा मुख्य भूमिका निर्वाह गर्नेछिन् । कमलासँग फिल्ममा रेखाको पनि महत्वपूर्ण भूमिका रहनेछ । आफ्नो ब्यानरमा नारी शसक्तिकरणको विषयलाई उठान गर्दै आएकी रेखाले यस पटक भने बाल विवाह विरुद्धको विषयलाई उठाएकी छन् । बाल विवाह अन्त्यको महा अभियानमा पनि सरिक छिन् ।

रेखा बैशाख २४ गतेबाट फिल्मको छायाँकन सुरु गर्ने बताइन् । हामी सबै कुरा सोचे जस्तो भैरहेको छ । ‘रेखा फिल्मस्ले बनाउने यसपालीको फिल्ममा मनोरञ्जन सँगै सामाजिक सचेतना र सन्देश पनि हुनेछ’, रेखाले भनिन् । मालिकाको रिलिज मिति आउँदो सालको तिहारलाई तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha