दाइजो नपाउँदा हत्या ! (भोर प्रोमो हेर्नुस्)

‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराई निर्देशित फिल्म ‘भोर’ को ट्रेलर सार्वजनिक भएको छ । तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठान गरेर फिल्म निर्माण गरिएको छ । नयाँ बर्ष २०७५ को छेकोमा निर्माण टिमले दर्शकलाई उपहार स्वरुप ट्रेलर रिलिज गरेको हो । प्रोमो हेर्नुस् :

फिल्ममा दाईजोलाई महिला हिंसा मात्र नभई मानव हिंसाकैै सामाजिक कुरुतिको रुपमा प्रस्तुत गरिएको निर्देशक भट्टराईको भनाइ छ । फिल्मको कथा साहित्यकार तथा झोलाकै कथाकार कृष्ण धरावासीले लेखेका हुन् । पटकथा निर्देशक भट्टराईकै छ । आउँदो बैशाख २१ गतेदेखि फिल्म हलमा लाग्नेछ। फिल्ममा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मको छायाँकन दीपक बज्राचार्यले गरेका हुन् भने राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । उज्जल ढकालले फिल्मलाई सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha