नयाँ वर्षमा ३ फिल्म, ‘कारखाना’ १ नम्वरमा

२०७५ को अवसर पारेर युट्युवमा तीन नेपाल फिल्महरु अपलोड गरिएको छ । गत साल प्रदर्शनमा आएको ‘पुरानो डुंगा’ र यसै वर्षका ‘कारखाना’ र ‘पर्व’ लाई युट्युवमा सार्वजनिक गरिएको हो । सुशिल श्रेष्ठ र बर्षा सिवाकोटी स्टारर कारखाना रिलिज भएको एक दिनमै युट्युव ट्रेन्डिङको पहिलो स्थानमा छ । ‘कारखाना’ हेर्नुस् :

अमरदीप सापकोटा निर्देशित फिल्म ‘कारखाना’ भाडाकी आमाको विषयमा आधारित छ । फिल्ममा सुशिल र बर्षासँगै अभिनेत्री मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की लगायतको अभिनय छ । फिल्मको मायाले बोलेको बोली मिठो भो गीत हिट भएको थियो । ‘पुरानो डुंगा’ हेर्नुस् :

‘ए निर’ जस्तो सुपरहिट गीत भएको फिल्म ‘पुरानो डुंगा’ यतिबेला युट्युव ट्रेन्डिङको चौथो स्थानमा छ । रामबाबु गरुङ निर्देशित फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान र बुद्धि तामाङको मुख्य भूमिका छ । ‘पर्व’ हेर्नुस् :

यस्तै ‘काले दाई काले’ दाई गीत समावेश पर्व फिल्ममा नायिका नम्रता श्रेष्ठ र नायक कोशिस क्षेत्रीको मुख्य भूमिका छ । सुवास गिरी र निकिता पौडेले निर्मित फिल्म नम्रता र कोशिससँगै माला लिम्बु, जेविका कार्की, केशव भट्टराई लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha