कान्छा निर्देशक सौगातको ‘हैरान’ शिर्ष गीत रिलिज

गिनिज वुक अफ वल्र्ड रेकर्डस्मा कान्छा निर्देशकको रुपमा नाम लेखाएका सौगात विष्ट निर्देशित दोश्रो फिल्म ‘हैरान’ को शिर्ष गीत रिलिज भएको छ । सत्य स्वरुपराज आचार्यको शब्द, स्वर तथा संगीत रहेको गीतको भिडियो हेर्नुस् :

हैरान गीतमा सत्य स्वरुपलाई बबिता मानन्धरले स्वरमा साथ दिएकी छन् । गिरीश खतिवडा र सरगम आचार्यले र्याप हानेका छन् । फिल्मका कलाकारहरु सरोज खनाल, गजित विष्ट, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निश्मा घिमिरे, आरोही र एञ्जल राई प्रस्तुत भएका छन् ।

डान्स फिवरको प्रस्तुती रहेको ‘हैरान’ मा सम्झना पोखरेल कार्यकारी निर्माताको रुपमा रहेकी छन् । निर्माताको रुपमा मुत्ती घले, सृष्ट्रि घिमिरे र डा.वाइएल लामा रहेका छन् । फिल्म जेठ ४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha