‘लिलिबिली’ मा दर्शकको क्रेज, दंग प्रदीप र जसिता

शुक्रबार सुखद रहेको प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ ले शनिबार भने हलमा उलेख्य दर्शकको साथ पाएको छ । नयाँ बर्ष, बैशाख १ गते समेत पर्दा लिलिबिली देशभर आक्रमक भएको हो ।

   

शनिबार राजधानीका गोपि, अष्ट, गुण सहित मल्टिप्लेक्स हलहरुमा ‘लिलिबिली’ को सबै जसो शो हाउसफूल रहेको निर्माता समेत रहेको निर्देशक मिलन चाम्सले बताए । ‘आज त खुट्टा हाल्ने ठाउँ छैन, चाम्सले भने, हामी जति हलमा गयौं त्यति नै हलमा दर्शकको भीड थामी नसक्नु छ।’ उनले देशैभर आफ्नो फिल्ममा दर्शक आएको बताए । हलमा दर्शकको भिड देखेरे नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ दंग थिए ।

राजधानीका मुख्य मुख्य हलहरुमा नायक प्रदीप खड्का, नायिका जसिता गुरुङ, निर्माता तथा निर्देशक चाम्स, निर्माताहरु गोविन्द शाही र सुदीप खड्का हलहलमा पुगे । हलमा प्रदीप र जसितासँग सेल्फी खिच्न तँछाडमँछा गर्दै थिए । प्रदीपको क्रेज उच्च देखियो । पहिलो फिल्मबाट जसिताले तारिफ पाइरहेकी छन् ।

लभ स्टोरी फिल्म लिलिबिली मा प्रदीप र जसिता सँगै अनुपविक्रम शाही, प्रियंका कार्की, सविन श्रेष्ठ, ध्रुव दत्त लगायत कलाकारहरुको अभिनय छ । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’  गरी लगालग दुई सफल फिल्म दिएका प्रदीप अभिनित पछिल्लो फिल्म लिलिबिली प्रतिक्षामा थियो । हल रिपोर्ट हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha