‘नेप्टे’ को शो शुक्रबार क्यान्सिल, शनिबार हाउसफूल !

दयाहाङ राई स्टारर फिल्म ‘नेप्टे’ को शुक्रबार बिहान केही हलहरुमा शो क्यान्सिल भएको थियो । बैशाख १ गते, शनिबार भने फिल्मले दर्शकलाई तान्न सफल भएको छ । फिल्मको केही शो त हाउसफूल नै भएको निर्माता तथा कलाकार रोहित रुम्बाले बताएका छन् ।

‘नेप्टे’ले शनिबार हाउसफूलको व्यापार गरेको रोहितको दाबी छ । रोहित र कलाकार बुद्धि तामाङ दर्शक प्रतिक्रिया बुझ्न हल पुगेका थिए । निकै कम हल पाएको ‘नेप्टे’ले मल्टीप्लेक्समा शो पाएपनि दर्शक टिकट भने काटेका छैनन् ।

‘शत्रुगते’ र ‘लिलिबिली’ को चेपुवामा पर्दा ‘नेप्टे’ मारमा पर्न गयो । देव कुमार श्रेष्ठ निर्देशित फिल्ममा दया, बुद्धि र निर्माता रुम्बा सहित छुल्ठिम गुरुङ, पूर्णिमा लामा लगायत कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha