फेरी सर्यो ऋचा सिंह ठकुरीको ‘सुपर गोर्खे’

फिल्म ‘सुपर गोर्खे’ बैशाख ७ गते प्रदर्शनबाट पनि सरेको छ । यो मितिबाट सरेर फिल्म जेठ २५ मा पुगेको छ । पारिवारिक तथा प्राविधिक कारणले फिल्मको रिलिज मिति बारम्बार सार्नु परेको निर्माता तथा निर्देशक गजेन्द्रराज थापाले बताए ।

नायिका ऋचा सिंह ठकुरीले बनाएको ‘सुपर गोर्खे’ मा ऋचासँगै सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र क्षेत्री लगायत कलाकारहरुको अभिनय छ । किरण माइकलको लेखन रहेको फिल्ममा राज थापाको कथा छ । समाजका खराब व्यक्तिलाई सुपर गोर्खे बनेर तह लगाउने कथामा फिल्म आधारित छ । निर्माता तथा निर्देशक थापा यतिबेला अष्ट्रेलियामा छन् । उनी त्यहाँ फिल्म देखाउने व्यवस्था मिलाउँदैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha