शिल्पा र अनुपको ‘वीराङ्गना’ असार २९ मा

शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित फिल्म ‘वीराङ्गना’ को प्रदर्शन मिति असार २९ गतेलाई तय गरिएको छ । निर्देशक राज बहादुर सानेले फिल्मको रिलिज डेट पक्का गरेका हुन् ।

वीराङ्गना वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् । एक्सन जनराको फिल्म नारी प्रधान रहेको निर्देशक सानेको भनाई छ । र्फोथ आई मुभिजको ब्यानरमा बनेको फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता र देव तामाङ सह निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा शिल्पा र अनुप विक्रमसँगै पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha