‘डमरुको डन्डीबियो’ प्रचार अब राजधानी केन्द्रित

फिल्म ‘डमरुको डन्डीबियो’ टिम मोफसल टुरबाट राजधानी फर्किएको छ । पोखरा, बुटवल, नारायणढ र धरानको झण्डै एक हप्ताको यात्रापछि फिल्म युनिट यसै साता राजधानी फर्किएको हो । फिल्मको प्रचार अब राजधानी आसपासका क्षेत्रमा केन्द्रित रहनेछ ।

मोफसल प्रचारमा लेखक तथा अभिनेता खगेन्द्र लामिछाने, निर्माता तथा कलाकारको टोली थियो । ‘डमरुको डन्डीबियो’ टोली अब राजधानीको प्रचार प्रचारमा केन्द्रित हुनेछ । गत सातादेखि राजधानीका मुख्यमुख्य मल र चोकमा ठ्याक लगाउँने प्रतिस्पर्धा चलिरहेको छ । बैशाख २१ गतेदेखि प्रदर्शनमा आउने ‘डमरुको डन्डीबियो’ को शिर्ष गीत र प्रोमो सार्वजनिक गरिएको छ । यतिबेला प्रोमोले प्रशंसा पाइरहेको छ । प्रोमो हेर्नुस् :

राष्ट्रिय खेलबाट समेत हटाइएको डन्डीबियो खेललाई फिल्ममा उठाइएको विषयले दर्शकको ध्यान तानिरहेको छ । समृद्दी ईन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा खगेन्द्रसँगै अभिनेता अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकारहरु बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको अभिनय छ ।

फिल्मलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘पशुपति प्रसाद’ अभिनेता खगेन्द्रको फिल्म ‘डमरुको डन्डीबियो’ बैशाख २१ गते नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने तय भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha