‘दी भ्वाइस अफ नेपाल’ सँग जोडियो ‘क्याप्सुल ९’

साउनबाट शुरु हुने गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’ मा फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले सहकार्यमा सम्झौता गरेको छ । ‘दी भ्वाइस अफ नेपाल’ आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सोमबार राजधानीमा प्रेसमिट गर्दै सम्झौता भएको हो । क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरेका थिए ।

सम्झौता कार्यक्रममा ‘दी भ्वाइस अफ नेपाल’ र क्याप्सुल ९ को लोगो अंकित टिसर्ट सार्वजनिक गरिएको थियो । क्याप्सुल ९ का प्रबन्ध निर्देशक विनोद ढकालले सम्झौता पछि ‘दी भ्वाइस अफ नेपाल’ अंकित हरेक टिसर्टमा क्याप्सुल ९ को पनि लोगो रहने बताए । ‘हाम्रो देशभर ७० वटा डिलर छन् । ती डिलर मार्फत दर्शकले शोको टिसर्ट खरिद गर्न सक्नुहुनेछ, ’उनले भने, ‘अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त गायन रियालिटी शोको नेपाल फ्रेञ्चाइजसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो । अब हामी चाँडै नै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उत्पादनलाई पु¥याउने अभियानमा छौं ।’ उनका अनुसार शो आयोजकले शो भइरहेको स्थानमा एक स्टिल उपलब्ध गराई टिसर्ट विक्री पनि गर्नेछ ।

‘दी भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले फेसनसँग नजिक रहेर काम गरिरहेको क्याप्सुल ९ सँग शोको सहकार्य गर्न पाउनु सुखद रहेको जनाए । ‘हामीले शो शुरु हुनु अघि नै राम्रा ब्राण्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो,’उनले भने,‘हाम्रो शोसँगै क्याप्सुल ९ को प्रबद्र्धनका लागि पनि सम्झौता र सहकार्य महत्वपूर्ण हुनेछ ।’नेदरल्याण्डको टाल्पा कम्पनीसँगको समन्वयमा एएनसीले ‘दी भोइस अफ नेपाल’ ल्याएको हो । विश्वभरिका १ सय ९२ मुलुकमा सफलतापूर्वक सम्पन्न भइसकेको यो रियालिटी शोको नेपाल फ्रेञ्चाइजीको तयारीमा आयोजक जुटिसकेका छन् ।

नेपाल फ्रेञ्चाइजीको शो निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल रहेका छन् । कान्तिपुर एचडी टेलिभिजनबाट प्रसारण हुने शोका लागि काठमाडौंको धुम्बाराही–४ प्रगतिमार्गमा स्टुडियोका लागि भवन (ट्रस) निर्माण भइरहेको छ । जेठमा विश्वकप फूटबल हुने भएपछि आयोजकले साउन महिनाबाट शो प्रसारण शुरु गर्न लागेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha