गोपिकृष्णमा गरियो बक्स अफिस प्रणालीको परिक्षण

चावाहिलस्थित गोपीकृष्ण मुभिजमा बक्स अफिस प्रणालीको परिक्षण गरिएको छ । यही बैशाख १० गतेदेखि राजधानी र यसका आसपासका एकल पर्दामा बक्स अफिस लागु गर्ने गरी गोपीकृष्ण हलमा उक्त प्रणालीको आइतबार परिक्षण गरिएको हो ।

विकास वोर्ड अध्यक्ष निकिता पौडेलका अनुसार बैशाख १० गते देखि राजधानीमा रहेका पुष्पाञ्जली, सिदार्थ, पृथ्वी, कलंकी हलहरुमा बक्स अफिस प्रणाली लागु हुने छ । यतिबेला ब्रेन डिजिटले सर्भर जडानको कार्य गरिरहेको छ । आर्थिक बर्ष २०७५÷०७६ अर्थात श्रावणदेखि भने बक्स अफिस प्रणाली पूर्ण रुपमा देशभर लागु हुनेछ । आर्थिक अवस्था कमजोर भएका सिंगल थिएटरहरुलाई बोर्ड सहयोग पनि गर्ने अध्यक्ष पौडेलले बताएकी छन् ।

साउनदेखि देशभर बक्स अफिस प्रणाली लागु गर्ने पुर्व घोषित कार्यक्रम अनुसार बक्स अफिस प्रणाली लागु गर्न लागिएको हो । यो प्रणाली लागु भएपछि फिल्मले गर्ने व्यापारमा पारदर्शीता र निर्माताले एकिन हिसाब पाउने विश्वास छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha