मनोज गजुरेल बने ‘सयकडा दश’ का हिरो

चर्चित कमेडियन मनोज गजुरेलले फिचर फिल्ममा डेव्यु गरेका छन् । फिल्म ‘सयकडा दश’ मा उनी मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । फिल्मको छायाँकन सोमबारदेखि नै सुरु भएको छ ।

बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमा पहिलो दिनको दृश्यांश खिचियो । अभिनेता राजाराम पौडेलले माला लगाएर गजुरेललाई फिल्ममा क्षेत्रमा स्वागत गरे । ‘डेब्युका लागि उपयुक्त फिल्मको पर्खाइमा थिएँ’ गजुरेलले भने, ‘म कमेडी विधाकै भएपनि मेरो विचारमा फिल्मको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो । सयकडा दश यी दुईको उपयुक्त मिश्रण हो मेरा लागि ।’

अभिनेता पौडेलले गजुरेललाई घरेलु फिल्मले ‘महान’ अभिनेताको रुपमा पाउँने बताउँदै उनको प्रतिभाको प्रशंसा गरे । फिल्मभित्र यी दुईजना सम्धीको भूमिकामा प्रस्तुत हुँदैछन् । ‘ठेगाना’ र ‘प्रेम गीत २’ निर्देशन गरेका रामशरण पाठकले यसपटक सोसल एवं कमेडी ड्रामा निर्देशन गर्दैछन् । ‘यसपटक समाजसँग सीधै कथावस्तु जोडिएको छ । ‘सदाचारको वकालत फिल्मले गर्नेछ’ उनले भने, ‘हामीले यसभित्र प्रेम र भ्रष्टाचारको प्रभाव र अन्तर्सम्बद्ध देखाउन लागेका छौं ।’

फिल्ममा सायद २ अभिनेता अमृत ढुंगाना, डेब्यु गर्ल करुणा श्रेष्ठले अनस्क्रिन रोमान्स गर्दैछन् । रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायत छन् । रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत छ । युट्युव स्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र संदेश पाठकसँग टीमअप गर्दैछन् ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बन्न लागेको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् । काठमाडौं र पोखरामा सुट गरिने फिल्मको सेड्युल झन्डै एक महिनाको हुने जानकारी निर्देशक पाठकले दिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha