प्रियंका बोकेर पिज्जा पुर्याउन हुइँकिन् केकी

फिल्म ‘कोहलपुर एक्सप्रेस’ बैशाख १४ गतेदेखि प्रदर्शन आउँदैछ । प्रदर्शन मिति नजिकिदै गर्दा नायिकात्रेय केकी अधिकारी, प्रियंका कार्की र ऋचा शर्मा प्रदर्शनमा लागि परेका छन् ।

केकी, प्रियंका र ऋचा यतिबेला पिज्जा बोकेर घर घरमा धाउँदैछन् । सोमबार केकी र प्रियंका राजधानीका विभिन्न स्थानमा पिज्जा बोकेर घर घरमा पुगे । उनीहरु निर्देशक दिपाश्री निरौलादेखि बैंकर रविना देशराजको कायार्यलसम्म पुगे । केकी र प्रियंकाले दिपाश्री, रविनालाई फुडमाण्डु मार्फत पिज्जा पुर्याएर सर्पाइज दिएका थिए ।

यस्तै प्रियंकाकी आमा बस्ने घर कुपण्डोलमा पनि उनीहरु पिज्जा बोकेर पुगेका थिए । खबर नगरी केकी र प्रियंकाले पिज्जा पुर्याउँदा दिपाश्री, रविना, कार्की मम् अचम्ममा परेका थिए । घर घरमा पिज्जा पुर्याउने कार्य प्रभावकारी भैरहेको केकीले बताइन् । पहिलो पटक सामान बोकेर घर घरमा जाँदा अनौठो लागेको प्रियंकाले सुनाइन् ।

विशाल भण्डारी निर्देशित फिल्ममा केकी, प्रियंका र ऋचासँगै बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा लगायत कलाकारहरुको अभिनय छ । फिमेल एक्ट्रेसले लिड गरेको कोहलपुर एक्सप्रेस कस्तो चल्ला त ? केकी र ऋचासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha