६८ वर्षका भए मदनकृष्ण, तर मनाएनन् जन्मदिन

वरिष्ठ हाँस्यव्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठको बैशाख ५ गते जन्मदिन हो । यो सालदेखि उनी ६८ वर्षमा प्रवेश गरेका छन् । पत्नी वियोगका कारण मदनकृष्णले आफ्नो जन्मदिन भने मनाएनन् ।

मदनकृष्णले आफनो कलाकारिता करिअरमा हरिवंश आचार्यसँगको सहकार्यमा मह जोडी बनाएर दर्जनौं सम्झन लायक फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका छन् । दशैं, रात, बनपाले, सुर बेसुर, कान्तिपुर जस्ता महका टेलिफिल्म दर्शकदिर्घामा अझै पनि ताजा छन् । फिल्मतर्फ राजामती, बासुदेव, के घर के डेरा, ट्रक ड्राइभर, बलिदान, सुःख, दुःख र प्रदर्शनरत फिल्म शत्रुगते मा मदकृष्णको अभिनय छ ।

मदनकृष्ण यतिबेला पत्न शोकमा छन् । क्यान्सरका कारण पत्नी यशोदाको ६७ वर्षको उमेरमा निधन भएको थियो । पत्नी शोकका कारणले उनले आफ्नो ६८ औं जन्मदिन मनाएनन् । दुःखद घडीमा रहेका मदनकृष्णलाई जन्मदिन र दिर्घायुको कामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha