पल भन्छन्, ‘हतारमा नराम्रो डिसिजन गर्दिंन’

तपाईं नायक पल शाहलाई लिएर फिल्म बनाउँदै हुनुहुन्छ ? हतार नगर्नुस् पल केही महिना आराम गर्ने सोचमा छन् । करिब तीन महिना पछि मात्रै उनी फिल्मका लागि तयार हुनेछन् । कित त ? हेर्नुस् यो भिडियो :

बुधबार जय नेपाल हलमा नेपाल स्नेही काखका आमाहरुलाई ‘शत्रुगते’ देखाएका पलले केही समय आराम गर्ने बताएका हुन् । ‘तत्काल फिल्म गर्दिंन । केही महिना रेष्ट गर्ने अनि आफुलाई तयारी बनाउने’, पलले भने, ‘राम्रो स्क्रिप्ट पनि नछुटोस् र हतारमा नराम्रो डिसिजन पनि नहोस् ।’ तर आगामी फिल्ममा लभ स्टोरी जनरालाई नछोड्ने पलले बताए ।

गत साल पल अभिनित तीन ‘शत्रुगते’ सहित ‘म यस्तो गीत गाउँछु’ र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आए । यो साल भने पलले कुनै पनि फिल्म साइन गरेक छैनन् । त्यसकारण उनी अभिनित फिल्म रिलिज हुने टुंगो छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha