हेर्नुस् कान्छा निर्देशक सौगात बिस्टको ‘हैरान’ ट्रेलर

विश्वका कान्छा निर्देशक सौगात विष्ट निर्देशित दोश्रो फिल्म ‘हैरान’ को ट्रेलर सार्वजनिक गरिएको छ । शिर्ष गीत रिलिज गरिएको केही एक सातामै फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमो यस्तो बनेको छ :

झण्डै साढे दुई मिनेट लामो प्रोमोमा फिल्मका सबै कलाकारहरुलाई समावेश गरिएको छ । गजित विष्ट, सरोज खनाल, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निश्मा घिमिरे, आरोही शर्मा र एञ्जल राई गरी सबै कलाकारलाई प्रोमोमा देख्न सकिन्छ ।

सौगातले यसअघि ‘लभ यू बाबा’ निर्देशन गरेर कान्छा निर्देशकको रुपमा विश्व किर्तिमानी राखेका थिए । उनले निर्देशन गरेको दोश्रो फिल्म हैरान भने जेठ ४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha