‘बेबि आई लव यू’ को प्रोमोले दर्शक लोभ्याउला ?

जेठ १८ गते देखि प्रदर्शनमा आउने फिल्म फिल्म ‘बेबि आई लव यू’ को प्रोमो सार्वजनिक गरिएको छ । बिहिबार प्रेसमिट गर्दै यो लभ स्टोरी फिल्मको ट्रेलर लञ्च गरिएको हो । प्रोमोमा नव नायक सन्तोष खड्गी र नायिका पूजा तिवारीबिचको लभ, रोमान्स र र विछोडलाई देखाइएको छ । प्रोमो हेर्नुस् :

प्रेसमिटमा प्रस्तुतकर्ता शिव न्यौपानेले फिल्मले युवा पुस्तालाई आकर्षण गर्ने बताए । यस्तै फिल्ममा संगीत समेत दिएका नायक खड्गीले फिल्ममा सक्दो मिहेनत गरेको बताए । जनक पाण्डे निर्देशित फिल्ममा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि एउटा डान्स छ ।

कार्टुुञ्ज क्रुको प्रस्तुती रहेको फिल्मको ‘कान्छी मायालु’ बोलको गीत तथा भिडियो हिट भैसकेको छ । फिल्ममा सह निर्माताको रुपमा सृजना परियार र दुर्गा पाण्डे छन् । बिहिबारको प्रेसमिटमा ‘कान्छी मायालु’ गीतमा कभर डान्स र गाउनेलाई पुरस्कृत पनि गरियो ।

बिटुडी डान्स ग्रुप र कभर गाउने प्रितम सेञ्चुरीलाई एक एक लाख बराबरको चेक कार्टुञ्ज क्रु का सरोज अधिकारी, आश्मा विश्वकर्मा तथा समुहले हस्तान्तरण गरे।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha