‘बक्स अफिस नलगाउनेलाई कारबाही’ : निकिता

बक्स अफिस लागु गर्न आलटाल गर्ने हल सञ्चालकलाई कारबाही गर्ने चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेलले जनाएकी छन् । अध्यक्ष पौडेलले जुनसुकै हालतमा पनि बक्स अफिस लागु भएरै छाड्ने अडान लिइन् ।

‘सबै कुराहरु स्पष्ट नै देखीएको छ, बक्स अफिस लागु हुन्छ, हुन्छ। यो नेपाल सरकारको निर्णय हो, वोर्ड ब्याक हुन सक्दैन, नमान्नेहरु  कानुनी कारवाहीमा पर्नेछन्’, अध्यक्ष पौडेल भन्छिन्, ‘विभिन्न बाहानामा केही हलवालाहररुले बक्स अफिस प्रणाली कार्यान्वयन गर्न खोजि रहेका छन् । तर आलटाल गरेर पनि कार्यान्वयन प्रक्रियामा अवरोध गर्ने जो कसैलाई सरकारल कारवाही गर्नेछ।’ विकास बोर्डले हलवालाहररुसँग बक्स अफिस लागु गर्ने बिषयमा पटक पटक मौखीक तथा लिखीत सल्लाह गरेको थियो । तर चलचित्र विकास बोर्डले ३/३ पटक अफिसियल रुपमा पत्राचार गरीसक्दा पनि केही हलवालाहररु बक्स अफिस लागू गर्न आनाकानी गरीरहेका अध्यक्ष पौडेलको भनाई छ । वोर्डले हललाई पठाएको पत्र :

आउँदो श्राबण एक गते सम्ममा सम्पुर्ण चलचित्रघरहरुमा पुर्णरुपमा बक्स अफिस लागू गर्ने सरकारको योजना छ ।
यसै योजना अन्र्तगत बोर्डले तिन तिन पटक हलवालाहरु  चिठी पठाएको हो । बोर्डले अफिसीयल रुपमा पठाएको चिठी बुझीसकेका केही हलवाला यतिबेला चिठीलाई नै नजरअन्दाज गरेर बक्स अफिस नलगाउने अवस्थामा छन् ? हलवालाको यो रवैयालाई फिल्म क्षेत्रमा विभिन्न शंका उपशंकाको घेरामा राखेर हेरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha