६ तस्बिरमा बोल्ड ‘मालिका’ अर्थात रेखा (फोटो फिचर)

‘मालिका’ अर्थात् नायिका रेखा थापा । रमाईलो छ डटकमलाई ‘मालिका’का केही बोल्ड तस्बिरहरु प्राप्त भएका छन् । यसै साता प्रकाशनमा आएको टिजिआइएफ मा रेखाले बोल्ड फोटोसुट गराएकी हुन् ।

प्राप्त तस्बिरहरुमा रेखा निकै बोल्ड देखिएकी छन् । रेखाको ड्रेसदेखि लुक्ससम्म सेक्सी देखिएको छ । उसो त एक समय नेपाली फिल्म वृत्तमा रेखा र सेक्सीनेस समानान्तर जस्तै थिए । तर पछिल्लो केही वर्षदेखि भने रेखाले आफ्नो अवतारलाई परिर्वतन गर्दै आइरहेकी छिन् । कतै रेखा आफ्नो वास्तविक अवतारमै फर्कन लागेकी त हैनन् ?

जे होस् नेपाली फिल्म क्षेत्रकी आइकन रेखा यतिबेला आफ्नो होम प्रोडक्सनको नयाँ फिल्म ‘मालिका’को प्रि प्रोडक्सनमा व्यस्त छिन् । रेखा र जाजरकोटकी एक बालिकाको मुख्य भूमिका रहने ‘मालिका’को छायाँकन यसै महिनादेखि सुरु हुँदैछ । रिलिज भने तिहारलाई तोकिएको छ ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha