१० मा पुगिन् करिश्मा, कति होला मार्कसिटमा अंक ?

अभिनेत्री करिश्मा मानन्धर कक्षा ९ उत्तिर्ण गरेर १० कक्षामा पुगेकी छन् । ८ कक्षादेखि मैतिदेवीमा रहेको त्रिवेणी पब्लिक स्कूलमा पढिरहेकी करिश्मा लगालग पास भैरहेकी छन् । प्रौढ उमेरमा स्कूल जान थालेकी करिश्माले ९ कक्षामा कति प्रतिशत ल्याइन् त ?

‘मार्कसिट त हेरेकै छैन’, करिश्माले भनिन्, ‘खै राम्रै मार्कस् आयो होला।’ नेपाली फिल्ममा सदाबहार अभिनेत्रीको रुपमा परिचित हिरोइनलाई सबैभन्दा सजिलो र गाह्रो कुन सब्जेक्ट लाग्ला ? ‘म्याथ र साइन्स चाहिं अलि गाह्रो लाग्छ’, करिश्माले सुनाइन्, ‘इङ्ग्लिस, अकाउन्ट, सोसल सजिलो छ।’ नेपाली पनि गाह्रो लाग्ने करिश्माले सुनाइन् । उनको मेजर सब्जेट चाहिं अकाउन्ट हो । करिश्मासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

दुई दशकभन्दा बढी समयदेखि नेपाली फिल्ममा आवद्ध रहेकी करिश्माले पछिल्लो समय राजनीति र आफ्नो पढाईलाई सँगसँगै लगिरहेकी छिन् । नयाँ शक्ति पार्टीकी केन्द्रिय सदस्य समेत रहेकी करिश्मा राष्ट्रिय सभामा समानुपातिकमा उनको नाम थियो । तर उनी सांसद भने भइनन् । ९ कक्षा पास भएकी करिश्मालाई बधाई !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha