लम्फू को नयाँ गीत ‘गोजीमा सुकै नहोस् यार’

यही बैशाख २८ गते रिलीज हुने फिल्म ‘लम्फू’ को डान्सिङ्ग गीतको भिडियो रिलीज भएको छ । सार्वजनिक ’सुको नहोस् यार’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा शिव परियारको स्वर रहेको छ । शब्द प्रमोद ढुंगानाले लेखेका छन् । भिडियो हेर्नुस् :

गीतको भिडियोका कोरियोग्राफर शिव बिक हुन् । गीतमा नायकद्वय कबिर खड्का र सलोन बस्नेत फिचरिङ्ग छन् । गीतमा युवा अवस्थामा पैसा नहुँदा पनि रमाईलो बिताएको पलहरु छन् । यो गीतको कभर भिडियो प्रतियोगीता पनि घोषणा गरिएको छे । कभर भिडियो बनाएर हाईलाइट्स नेपालमा पठाउन सकिनेछ । ‘लम्फू’ का दुई गीत र ट्रेलर रिलीज भईसकेका छन् ।

गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

‘लम्फू’ मा तरकारीवालीको नामले चर्चामा आएकी कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha