‘झोला’को इतिहास ‘भोर’ले दोहोर्याउला ?

केही साल पहिले सती प्रथाको विषयमा बनेको फिल्म ‘झोला’ले दर्शकको मन जित्यो । फिल्मले दर्शकको मनसँगै निर्माताको गोजी पनि भरिदिएको थियो । यसै फिल्मबाट नायिका गरिमा पन्तले राष्ट्रिय सहित विभिन्न अवार्ड तथा पुरस्कार पाइन् ।

विभिन्न किसिमले उत्कृष्ट ठहरिएको फिल्म ‘झोला’ बनाउने टिमले केही वर्षपछि ‘भोर’ नामक फिल्म बनाएको छ । के ‘भोर’ले ‘झोला’को इतिहास दोहोर्याउला ? त्यो बैशाख २१ पछि नै थाहा हुनेछ । तर निर्देशक यादव भट्टराईले फिल्मको कथा उत्कृष्ट रहेको दाबी गरे।

तराईमा व्याप्त दाइजो प्रथाको कथाले दर्शकको मन जित्ने निर्देशक भट्टराईको विश्वास छ । ‘हामीले मधेशको दर्दनाक कथालाई उठाएका छौं’, निर्देशक भट्टराई भन्छन् । एक वर्ष लगाएर बनाएको फिल्मले मधेशको दाइजो प्रथा उन्मुलनमा सघाउ पुर्याउने विश्वास उनले राखे ।

यता भोर की मुख्य पात्र अनितारानीले मधेसमा दाइजो भाइरसको रुपमा रहि आएको बताइन् । ‘दाइजो प्रथालाई उन्मुलन गर्न भोरले महत्वपूर्ण भूमिका खेल्नेछ’, रानीले भनिन् । कृष्ण धारावासीको ‘दाइजो मानव हिंसा हो’ भन्ने पुस्तकबाट प्रभावित फिल्मलाई यादव भट्टराईले निर्देशन गरेका हुन् ।

देवेन्द्रप्रसाद पराजुली कार्यकारी निर्माता रहेको फिल्ममा राज तिमिल्सिना र रामगोपाल थापाको संयुक्त लगानी छ । भोर मा रामनारायण यादव, अनितारानी मण्डल, राजेश सक्सेना, परमेश झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha