साँगीतिक प्रेम कथामा ‘प्रेम बाणी’ बन्ने

बिहिबार राजधानीमा प्रेसमिट गर्दै फिल्म ‘प्रेम बाणी’ निर्माणको घोषणा गरिएको छ । शुशिल शाही निर्माता रहेको यस फिल्मलाई रिभान मल्लले निर्देशन गर्दैछन् ।

‘प्रेम बाणी’मा मिथुन हमाल, आरोही शिंह, शुशिल शाही, सन्तोष आर्चाय, रोशन बिसि लगायत कलाकारले मुख्य भुमिकामा निभाउनेछन् । फिल्म सांगीतिक प्रेम कथामा रहने बताइएको छ । फिल्मको छायांकन यही बैशाख २० गतेबाट सुरु हुनेछ ।

फिल्ममा आयुष बिसिको कथा, बाबुल गिरि र आषिक श्रेष्ठको संगीत तथा बिनोद सापकोटाको छायांकन छ । श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्ममा कबिराज गहतराजको कोरीयोग्राफी रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha