सुशिल श्रेष्ठ गर्दैछन् ‘बादशाह जुट’

फिल्म ’बादशाह जुट’ को छायाँकन सुरु भएको छ । कमेडी सस्पेन्स जनराको यो फिल्ममा नायकद्वा सुशिल श्रेष्ठ र अमिर गौतमले मुख्य भूमिका निभाइरहेका छन् । शनिबार राजधानीबाट छायाँकन सुरु भएको फिल्मलाई पोखरा र मुम्बईमा पनि खिचिनेछ ।

फिल्म ’बादशाह जुट’ लाई जोनी सिंह राणाले निर्देशन गरिरहेको छन् । फिल्ममा सुशील र आमिरसँगै केइसा रावत, रोशी खड्का, रश्मि पाण्डे, रोबिन तामाङ लगायतका कलाकारको अभिनय रहनेछ । फिल्म निर्माणमा एच एण्ड बी फिल्मससँग गोल्डेन ग्रेप्स फिल्म एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । फिल्म पूर्ण रुपमा कर्मसियल रहने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha