रेखा थापाको ‘मालिका’बाट निर्देशक हटिन्

‘लाल मस्तिष्क’ बाट ‘मालिका’ बनेको रेखा थापाको फिल्मबाट निर्देशक सम्झना रौनियारले हात झिकेकी छन् । आइतबार बिहानै फेसबुकमा छोटो स्टाटस लेख्दै रेखाको ‘मालिका’मा आफु नरहने निर्देशक रौनियारले जनाएकी हुन् ।

‘कार्य भिन्नताका कारण मैंले रेखा थापाको मालिका छाडेकी छु’, निर्देशक रौनियारले लेखेकी छन्, ‘रेखालाई फिल्म सफलताको शुभकामना । धन्यवाद !’ फिल्म निर्माण घोषणासँगै रेखाले निर्देशकमा सम्झनाको नाम उल्लेख गरेकी थिइन् । तर फिल्मको छायाँकन सुरु हुनै लाग्दा निर्देशक हटिन् । किन त ? ‘सायद रेखालाई म माथि विश्वास भएन होला’, निर्देशक रौनियारले छोटकरीमा भनिन् ।

निर्माता तथा नायिका थापाले भने यस विषयमा अहिले नै केही नबोल्ने बताइन् । ‘सबै कुरा पछि थाहा पाउनु हुनेछ’, रेखाले भनिन् । ‘मालिका’को नयाँ निर्देशक पनि तय भैनसकेको उनले बताइन् ।’हिम्मतवाली’मा निर्देशक श्याम भट्टराईलाई सुटिङ सेटबाटै निकालेकी रेखाले मालिकाको छायाँकन सुरु नहुँदै किन निर्देशक रौनियारलाई छोडिन् ? त्यो भने चासोको विषय बनेको छ । यो भिडियो पनि हेर्नुस् :

यही बैशाखको तेश्रो सातादेखी छायाँकन सुरु हुने मालिका तिहारमा लाग्दैछ । फिल्मका लागि रेखासँगै जाजरकोटकी १४ वर्षिय बालिका पक्का भएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha