मनोज महत्तोको ‘नाचौं गाऔं झुमौं’

गायक मनोज महत्तोले ‘नाचौं गाऔं झुमौं’ बोलको डिस्को गीत ल्याएका छन् । किशोर चौधरी र आर के चौधरीको शब्द रहेको यो क्लब गीतमा एस के परियारको संगीत छ । भिडियो हेर्नुस् :

स्टेजमा मस्ती मुडका गीत चलिरहेकाले सरल शब्द बनाएर डिस्को गीत ल्याएको गायक महत्तोको भनाई छ । निशान घिमिरेले निर्देशन गरेको भिडियोमा अनिल थापा र श्रृष्टी खड्काको मोडलिङ छ । विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ । भिडियो बनाउँन मात्रै करिब ४ लाख लागेको महत्तोको दाबी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha