नरमाईलो खबर : भान्जालाई मातृ शोक

‘छक्का पञ्जा’ सिरिजका निर्माता तथा कलाकार सुमन गिरी भान्जालाई मातृ शोक परेको छ । भान्जाकी ७२ वर्षिय आमाको आइतबार पाँच बजे सिनमंगलमा रहेको केएमसी अस्पतालमा निधन भएको हो ।

भान्जाकी आमा दुुवै किड्नी फेल भएर लामो समयदेखि थलिएकी थिइन् । उनी सुगर र प्रसरकी रोगी समेत थिइन् । स्व.मिश्री गिरीको आइतबारै पशुपतिमा अन्तिम दाहसंस्कार गरिएको छ । स्व.मिश्री गिरी निर्माता तथा कलाकार दिपकराज गिरीकी फुपु हुन् । सुमन एक्ला भान्जा हुन् ।

स्व.मिश्री गिरीप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक शन्तप्त सम्पूर्ण परिवारमा रमाईलो छ परिवार समवेदनाको व्यक्त गर्दछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha