केकी ‘कोहलपुर एक्सप्रेस’ खिचेको ठाउँमा पुग्दा…

‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति आउँनै लाग्दा नायिका केकी अधिकारी भने टिम लिएर छायाँकन स्थल बाँकेको कोहलपुर पुगेकी छन् । नेपाल अटोमोबाइल एसोसिएसन (नासा) को सडक दर्घटना न्यूनीकरण सम्वन्धि अभियानका लागि केकी बाँकी पुगेकी हुन् ।

सार्वजनिक यातायातको संरक्षण गरौ, सुरक्षित यात्राको लागि ट्राफिक नियम पालना गरौ” भन्ने मूल नारासहितको व्यानर समाउँदै केकीले सदरमुकाम नेपालगन्जसँगै कोहलपुरका विभिन्न स्थानमा जनचेतना फैलाइन् । नासाको यो अभियान देशव्यापी हुनेछ ।

साथै, बाँकेका फ्यानहरुमाझ कोहलपुर एक्सप्रेसको बारेमा जानकारी समेत गराइन् । बिशाल भण्डारी निर्देशित फिल्ममा केकी सँगै नायिका ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ । केकी र ऋचासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

शान बस्न्यातको पटकथा र संवाद संवदा छ । भद्र बहादुर शाही र देवीलाल नयौपाने (पण्डित) रशिव प्रसाद चौलागाईले फिल्ममा संयुक्त लगानी गरेका छन् । केकी र प्रियंकाले पिज्जा डेलिभर गरेको यो रमाईलो भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha