भ्ल्गर बन्दै सलिनमान : ‘यात्रा अ म्युजिकल…’ घोषणा

‘ए मेरो हजुर २’ डेव्यु नायक सलिनमान बनियाँ भ्ल्गर बन्ने भएका छन् । पुराना निर्माता केशव भट्टराईले निर्माण गर्ने फिल्म यात्रा अ म्युजिकल भ्लग मा सलिन भ्ल्गरको रोल निभाउने भएका हुन् ।

आफ्नो यात्राको भिडियो खिचेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने व्यक्तिलाई भ्ल्गर भनिन्छ । युवा स्टारको रुपमा हेरिएका नायक बनियाँले टिम र कथा मन परेकाले फिल्म खेलेको खुलाए । ‘फ्यान र मिडियालाई धन्यवाद दिन चाहान्छु । तपाईंहरुको मायाले गर्दा म ए मेरो हजुर २ पछि फिल्ममा फर्किएको छु’, सलिनले भने ।

सोमबार प्रेसमिट गर्दै निर्माता भट्टराईले आफ्नो नयाँ प्रोजेक्टको औपचारिक घोषणा गरेका हुन् । ‘हामी दश महिना त स्क्रिप्टमै बस्यौैं’, निर्माता भट्राईले भने, नयाँ कलाकारलाई लिएका छौं । नयाँ दर्शकलाई मन पर्ने फिल्म बनाउँछौं । उनले यसअघि फिल्म ब्रासलेट बनाएका थिए ।

सलिनमान र सलोन सहित फिल्ममा जाहन्वी बस्नेत, रेयर राई, प्रक्षा बज्रचार्य, मलिका महत, विशाल कट्वाल, धिरेन शाक्य, राजाराज पौडेल, जयनन्द लामा, समृद्धि राई, चाइनिज कलाकार जुन ज्याङ, केन्याका कलाकार बोवी लगायत अन्य कलाकारहरुको अभिनय छ ।

संजय लामाको सिनेम्याटोग्राफी रहने फिल्ममा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहनेछ । द्धन्द्ध निर्देशन हिमाल केसीले गर्नेछन् । निर्माता भट्टराईका अनुसार यही बैशाखको तेश्रो सातादेखि छायाँकन सुरु भएर फिल्म असोज ५ गते प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha