‘ह्याप्पी डेज हेर्नुस्’ भन्दै प्रियंका र संजयको बग्गी यात्रा

नायिका प्रियंका कार्की र नायक संजय गुप्ता सोमबार बग्गीमा चढेर शहर परिक्रमा गरे । यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘ह्याप्पी डेज’ प्रचारका लागि प्रियंका र संजयले बग्गीमा चढेर शहर परिक्रमा गरेका थिए । भिडियो हेर्नुस् :

विहान १० बजे लगनखेलबाट सुरु भएको बग्गी यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत भएको थियो । प्रेसमिटमा प्रियंका र संजयले नयाँ तरिकाले सिनेमाको प्रचार गर्दा नौलो अनुभति भएको बताए । जसरी सिनेमाको बग्गी यात्रा राम्रो भयो ‘ह्याप्पी डेज’ पनि त्यस्तै राम्रो भएको दुवैले बताए ।

   

बैशाख १४ गते अर्थात् यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ह्याप्पी डेज मा प्रियंका कार्की, दयाहाङ राई र संजय गुप्तासँगै दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल लगायत कलाकारहरुको अभिनय छ ।

फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् । ह्याप्पी डेजको चेप्टे चेप्टे पेरुङ्गो बोलको गीत हिट छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha