‘रेखासँगको झगडा पिक्चर रिलिज भएजस्तै’ : निखिल

निखिल उप्रेती र रेखा थापा स्टार कहलिएका नायक नायिका हुन् । रेखा र निखिलको एक्सन दर्शकमाझ हिट थियो । यो एक्सन जोडी एक समय एक अर्कासँग नबोलेर चर्चामा आए । खास किन भएको थियो त यी दुई स्टारबिच मनमुटाव ? भिडियो हेर्नुस् :

‘खासमा हाम्रो त्यस्तो केही भएको थिएन’, लामो समयपछि रेखासँगै बसेर अन्र्तवार्ता दिएका ‘निखिल दाई’ पन्छिन् खोजे । तर रेखाले बोलचाल बन्द भएको वास्तविकता लुकाइनन् । ‘एक पक्षिय कुरा सुनेर पनि दाईसँग बोलचाल भएन’, रेखाले प्रष्ट्याइन्, ‘फेरी हामीलाई जवाफ दिएर हिंड्ने फुर्सद पनि हुँदैन्थ्यो । तर, दाईलाई फिल्ममा फर्कनुस् भनेर चाहिं मैंले नै भनेको हुँ ।’

रेखाले यति बोलेपछि निखिलले ठट्यौली शैलीमा झगडाको विषयमा बोले । ‘हाम्रो झगडा पिक्चर रिलिज भए जस्तै हो । झगडा भयो रिलिज भयो, सकियो।’ करिअरको व्यस्त तालिकामा सँगै मिलेर काम गरेको रेखाले सम्झिइन् । अब सँगै काम गर्न कुनै आपत्ती नरहेको दुवैले बताए । आफ्नो मोटाइका कारण निखिलले बनाएको ‘भैरव’ मा नखेलेको समेत रेखाले खुलाइन् ।

‘भनेपछि मेरै भनाईका लागि नखेलेको रैछ’, निखिलले हाँस्दै रेखालाई जवाफ दिए । कुराकानीको क्रममा रेखा र निखिलले नेपाली फिल्म क्षेत्रमा बौद्धिक परिवर्तन आवश्यक रहेको कुरा पनि औंल्याए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha