‘डन्डीबियो नाम सुन्ने बित्तिकै मन पर्यो’ : खगेन्द्र

अभिनेता खगेन्द्र लामिछानेले ‘डमरुको डन्डीबियो’ सहित जम्मा ५ वटा फिल्ममा अभिनय गरेका छन् । पहिलो फिल्म ‘बधशाला’देखि ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’ र ‘धनपति’मा खगेन्द्रको जीवन्त अभिनय देख्न सकिन्छ । एक वर्गका दर्शकमाझ हिट खगेन्द्रको रोजाइमा कस्ता फिल्म पर्छन् त ?

‘मैंले खेल्ने फिल्म सकेसम्म हाम्रै कथा माथि बनेको होस् जस्तो लाग्छ’, डन्डीबियोका डमरु भन्छन् । डन्डीबियो खेल सम्बन्धी ‘डमरुको डन्डीबियो’ पनि मौलिक कथा भएकै कारण खेलेको उनले सुनाए । ‘डन्डीबियो नाम सुन्ने वित्तिकै मलाई मन पर्यो । यो हाम्रै मौलिक खेल हो । विषयले तानिहाल्यो’, खगेन्द्रले डमरुको डन्डीबियो खेल्नुको कारण बारे थप प्रष्ट्याए, ‘हाम्रो बिचमा आपसी सहमती भएपछि लेखन कार्य सुरु भयो । लेख्दै जाँदा मलाई पनि रमाईलो लाग्यो ।’ केही वर्ष अघिसम्म राष्ट्रिय खेलको रुपमा रहेको डन्डीबियोको विषयमा रिसर्च गर्दा डन्डीबियो संघ समेत फेला परेको खगेन्द्रले बताए ।

‘संघ मार्फत हामीले दशरथ रंगशाला पछाडी डन्डीबियो खेल्ने सानो मैदान पनि पत्ता लगायौं’, उनको मुहारमा खुसी देखियो, ‘बिना स्वर्थ डन्डीबियोलाई प्रवद्र्धन गर्न लागि परेका केही युवा साथीहरु पनि भेट्टायौं । हाम्रो फिल्म बनाउने योजना सुनेपछि उहाँहरु असाध्यै खुसी हुनु भयो । कोही न कोही भेट्टियो भनेर हामी पनि असाध्यै खुसी भयौं ।’ अध्ययन गर्दै जाँदा डन्डीबियो खेलको लिखित नियम पुस्तिका समेत भेटिएको खगेन्द्रको भनाई छ । सोही पुस्तिकाको आधारमा स्क्रिप्ट बनाएको उनले खुलाए ।

क्षेतेन गुरुङ निर्देशित फिल्म ‘डमरुको डन्डीबियो’बाट खगेन्द्र निकै आशावादी छन् । ‘मेरा अघिल्ला फिल्महरुमा सामाजिक कथामा मात्रै थिए । अझ भनौं अलि दुःखी कथाहरु मात्रै थिए, उनले भने, ‘डमरुको डन्डीबियो मा चाहिं मेरो लागि चुनौती र दर्शकको लागि रमाईलो छ ।’ भिडियो हेर्नुस् : 

खगेन्द्र आफ्नै लेखन रहेको फिल्म ‘डमरुको डन्डीबियो’मा उनी सहित उनका गुरु अनुप बराल, कलाकारहरु मेनुका पधान, बुद्धि तामाङ, आशान्त शर्मा, लक्ष्मी वर्देवा लगायतको अभिनय छ । फिल्ममा लगानी विनोद गुरुङ र नोर्वु छिरिङ घलले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha