भिएफएक्सले ‘ब्ल्याक’मा बढ्यो बजेट !

जेठ ११ बाट दर्शकमाझ आउँने फिल्म ब्ल्याकको भिएफएक्समा झण्डै एक वर्ष समय लगाइएको निर्देशक प्रदीप श्रेष्ठले दाबी गरेका छन् । ’फ्लोरमा जति खर्च र मेहनत गरियो, त्यो भन्दा बढि त प्रविधिसँग जुध्नुपर्यो, निर्देशक श्रेष्ठको भनाई छ ।

उनका अनुसार फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको स्तर उकास्न भिएफएक्समा लगानी र समय खर्चिएको हो । ब्ल्याकको ’पल पल हरपल’ गीतमा पनि भिएफएक्सको अत्याधिक प्रयोग गरिएको छ । ‘विदेशी फिल्महरुमा देखिएका कुरा खिच्नलाई असम्भव होला । तर पर्दामा प्राकृतिक देखिने दृश्य नेपाली फिल्ममा पनि प्रयोग गर्न र देखाउन सकिन्छ भनेरै ’ब्ल्याक’ देखाएका छौं’, श्रेष्ठले भने ।

’भिएफएक्सकै कारण छायाँकनदेखि पोष्ट प्रोडक्सनसम्मको समय लम्बियो फिल्मको आधाजस्तो बजेटको हिस्सा यसले मात्रै रिजर्भ गरेको छ’ उनले थपे । समिर मियाले गरेको भिएफएक्समा दर्शकले प्राकृतिक लाग्ने सौन्दर्य देख्न पाउने श्रेष्ठको दाबी छ । मौनता श्रेष्ठको कथामा तयार भएको ’ब्ल्याक’ मा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको मुख्य भूमिका छ । आश्मा पाण्डेको निर्माण रहेको फिल्मलाई रामशरण उप्रेतीले खिचेका छन् । फिल्मको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । आकाश र आँचलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

द्वन्द्व चन्द्र पन्तको रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले ‘ब्ल्याक’लाई वितरणको जिम्मा लिएका छन् । फिल्ममा आकाश र आँचलसँगै आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha