दया र प्रियंकाको धड्कन किन बढ्दैछ सुस्त ? (भिडियो)

भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘ह्याप्पी डेज’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सुस्त यो‘’ बोलको रोमान्टिक गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको रोमान्टिक मुडमा प्रस्तुत छन् । गीतको भिडियो हेर्नुस् :

ताराप्रकाश लिम्बूले संगीत रहेको गीतमा नरेश भट्टराईको शब्द छ । गीतमा संगीतकार लिम्बु र दीपा लामाले स्वर दिएका छन् । मिलन चाम्स निर्देशित फिल्ममा दयाहाङ र प्रियंकासँगै संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ । ‘ह्याप्पी डेज’ मा बिपी खनाल, भवानी शर्मा, हिरल जोशी, मिलन चाम्स र डा. अशोक खनालको लगानी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha