निर्देशक सबिर श्रेष्ठमाथि खनिइन् यी निर्मात्री

नायिका तथा निर्मात्री उमा बेबीले निर्माण गरेको फिल्म ‘कहीं कतै’ साउन २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । उमाकै छोरी सिवानी गिरी र सोनाम बरपुङपाको मुख्य भूमिका रहेको लभ स्टोरी फिल्मको बिहिबार प्रेसमिट गर्दै रिलिज मिति र दुई गीतहरु देखाइयो ।

प्रेसमिटमा निर्देशक तथा लेखक सबिर श्रेष्ठ नआउँदा निर्मात्री बेवी उनी माथि खनिइन् । निर्देशक श्रेष्ठ ‘स्वार्थी भएको’ समेत बताइन् । ‘उहाँले सिक्किमको सुटिङबाट पनि हामीलाई छाडेर आउनु भएको थियो’, उमाले गुनासो गर्दै भनिन्, ‘उहाँको पारिश्रमिक सबै दिइसकेको छु, खै किन हामीलाई साथ दिइरहनु भएको छैन ?’ उसो त सविर र उमाको यो दोश्रो फिल्म उनीहरुले ‘इशारा’मा सहकार्य गरेका छन् ।

जे होस् ‘कहीं कतै’ अब रिलिजको लागि तयार भएको निर्मात्री बेबीले बताएकी छिन् । फिल्ममा छोरी गिरी, सोनामसँगै उनको पनि मुख्य भूमिका रहेको छ । बाबु श्रेष्ठले खिचेको फिल्म कहीं कतै लाई अर्जुन जिसीले सम्पादन गरेका छन् । फिल्मको गीत हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha