अनमोल र प्रदीपको यसरी मिल्यो हात (भिडियो)

युवा पुस्तामाझ अत्याधिक क्रेज बनाएका दुई स्टार अनमोल केसी र प्रदीप खड्का पहिलो पटक मिडियामा एकसाथ कैद भएका छन् । बिहिबार, होटल हायतमा एनएफडिसी अवार्डमा सहभागी हुन गएका अनमोल र प्रदीपबिच भेट मात्रै भएन, हात मिलाएर अंकमाल पनि भयो । यो भिडियो हेर्नुस् :

मिडियाबाट घेरिएका अनमोल र प्रदीपबिच केही बेर वार्तालाप समेत भयो । तर उनीहरुबिच के कुरा भयो ? त्यो भने व्याग्राउन्ड म्युजिकको स्पष्ट सुन्न सकिएन । पिता भुवन केसीसँगै अवार्ड समारोहमा पुगेका अनमोल भएतिर प्रदीपलाई पठाउने आग्रह मिडियाकर्मीले नै गरेका थिए । मिडियाकर्मीको आग्रहलाई स्विकार्दै प्रदीपले अनमोलाई भने । हात मिलाए । अंकमाल गरे र केही बेर गफ समेत गरे । प्रदीपले पिता केसीलाई नमस्कार गरे । भुवनले पनि प्रदीपसँग गला मिलाए ।

दुई स्टारको मिलनले शुभचिन्तक माझ यतिबेला खुसी छाएको छ । अनलाइन युट्युवतिर अनमोल र प्रदीप छाएका छन् । आपसी प्रतिस्पर्धा भएपनि अनमोल र प्रदीपको यो भेटले सकारात्मक सन्देश दिएको छ । दुई स्टारको भेट हुँदा त बजार गर्माएको छ, सँगै फिल्म खेले के होला ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha