कुन हेर्ने, ‘कोहलपुर एक्सप्रेस’ कि ‘ह्याप्पी डेज’ ?

यो शुक्रबार दुई नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ र मिलन चाम्स निर्देशिक ‘ह्याप्पी डेज’ बिच हलमा प्रतिस्पर्धा हुँदैछ । दुई फिल्म बारे छोटो चर्चा गरौं : 

‘कोहलपुर एक्सप्रेस’
केकीको पहिलो निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशक भण्डारीको यो डेव्यु निर्देशकिय फिल्म हो । कमेडी फिल्ममा केकीसँगै नायिका प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतको अभिनय छ । फिल्ममा समावेश काउ संग र यसको प्रोमोलाई दर्शकले रुचाएका छन् । केकी र प्रियंकासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘ह्याप्पी डेज’
मिलन चाम्स निर्देशित फिल्म ह्याप्पी डेज मा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका छ । चाम्स ईन्टरटेनमेन्ट र लण्डन सिने आइको संयुक्त निर्माण रहेको फिल्ममा दया र प्रियंकासँगै संजय गुप्ता, विक्की जोशी, जेनिहा लिम्बु, मोनिका, रुपा पुन, रितेश चाम्स, जेन विकल, हुप थापा लगायतको अभिनय छ । लण्डनमा छायाँकन गरिएको ह्याप्पी डेजको चेप्टे चेप्टे पेरुङ्गो बोलको गीतलाई दर्शकले रुचाएका छन् । ‘ह्याप्पी डेज’ प्रचारका लागि गरिएको बग्गी यात्राको भिडियो हेर्नस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha